News Portal

  • एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना

    आर्थीकसंसार संवाददाता२७ असार, २०७८
    ७३४ पटक
    २७ असार, २०७८

    काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।
    नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना यस क्यापिटले आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको छ । यस योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु.५ लाखसम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०% छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलोपटक थैली एप डाउनलोड गर्दा रु. १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँचजस्ता थुपै्र सुबिधा दिइने बताएका छन् ।
    थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट धधध।लष्दअिबउष्तब।िअयm तथा मुख्य कार्यालय (फोन नम्बर स्( ०१४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्