News Portal

  • नेपाल बंगलादेश बैकले किसानलाई बिना धितो सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता२७ असार, २०७८
    ४१६ पटक
    २७ असार, २०७८

    काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गांउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।
    बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षीय सम्झौताअनुसार मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरिएको हो । यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका–३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत बिना धितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।
    कृषकहरुले कर्जाको साथै त्यति नै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
    नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।
    बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाउँपालिकाबाट सुरु गरी नेपाल अधिराज्यभरी नै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।
    हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्