News Portal

  • युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ११ लाख बढीले भरे

    आर्थीकसंसार संवाददाता२५ असार, २०७८
    ६७९ पटक
    २५ असार, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार (असार २५ गते) दिउँसो साढे ३ बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जनाले आवेदन दिएका हुन् । यो अवधिसम्ममा उनीहरुले १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले जारी गरेको भन्दा ३.२७ गुणाले बढी हो ।
    इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको छ । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

    प्रतिकृया दिनुहोस्