News Portal

  • मैलुङ्ग खोला जलविद्युतले आईपीओ जारी गर्न बोर्डको स्वीकृति

    आर्थीकसंसार संवाददाता२४ असार, २०७८
    ५७० पटक
    २४ असार, २०७८

    काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले गत असार २३ गते मात्रै कम्पनीलाई दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको हो ।
    यससँगै कम्पनीले एक सय अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने छ ।
    हाइड्रोपावर समूहको यो कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत उक्त आईपीओ जारी गर्ने छ ।
    कम्पनीले रसुवाको डाँडागाउँमा ६ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसअघि कम्पनीले प्रथम चरणमा स्थानीयलाई जारी पुँजीको १० प्रतिशत सेयर बिक्री गरेको थियो । र, बाँकी २० प्रतिशत सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

    प्रतिकृया दिनुहोस्