News Portal

  • सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा पोखरेल र श्रेष्ठ निर्वाचित

    आर्थीकसंसार संवाददाता२३ असार, २०७८
    ३३९ पटक
    २३ असार, २०७८

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । कम्पनीको सभाले सर्वसाधारण सेयरधनीको समूह ख को तर्फबाट प्रपुजा पोखरेल र प्रकाशमान श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको हो ।
    इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा आज (असार २३ गते) बुधबार सम्पन्न भएको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
    यस्तै सभाले सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टड एकाउन्टेण्टलाई कम्पनीको वार्षिक लेखा परिक्षकमा नियुक्त गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।
    कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको सभाले एनएफआरएस बमोजिमको वित्तीय विवरण सर्वसम्मत रुपमा पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्