News Portal

  • माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र जारी गर्ने

    आर्थीकसंसार संवाददाता२३ असार, २०७८
    ३२८ पटक
    २३ असार, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
    जसमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
    बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ, बैंकले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले असार ३१ गतेदेखि छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।
    उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । इच्छुकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्