News Portal

  • सेबोन कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन

    आर्थीकसंसार संवाददाता२२ असार, २०७८
    ४५४ पटक
    २२ असार, २०७८

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजुबहादुर जिसिको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
    कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
    कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गरेका थिए ।
    उक्त अधिवेशन असार १८ गते नेपाल धितोपत्र बोर्ड, खुमलटार, ललितपुरमा सम्पन्न भएको थियो । । अधिवेशनको उद्घाटन सत्र युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त उद्घघाटन सत्रमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे । उद्घघाटन सत्रको प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए ।

    प्रतिकृया दिनुहोस्