News Portal

  • नेपाल एग्रो लघुवित्तको साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    १६६४ पटक
    २१ असार, २०७८

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनश शेयर वितरण गर्नुका साथै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । त्यस्तै, सभामा सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिक साधारण सभाको अवसरमा वित्तीय संस्थाको सञ्चालक समितिमा रही योगदान गरेका सञ्चालकहरु रमेशकुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठको कार्यको उच्च मूल्याङ्कन गर्दै संस्थाले कदरपत्र सहित सम्मान गरेको बताइएको छ । संस्थाले आगामी चार वर्षका लागि संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा रमेश कुमार कर्माचार्य, नीलकण्ठ शर्मा लम्साल, विनीता कोइराला र विवेक श्रेष्ठलाई साधारणसभाले निर्विरोध निर्वाचित गरेको निर्वाचन गरेको छ ।

    प्रतिकृया दिनुहोस्