News Portal

  • लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ५५८ पटक
    २१ असार, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको हो । ।
    उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धी जानकारी खुलाई लिखित निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
    उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्