News Portal

  • नबिल बैंक र युनाईटेड फाइनान्सबीच एकीकृत कारोबार असार २७ गतेदेखि हुने

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ४८६ पटक
    २१ असार, २०७८

    काठमाडौं । नबिल बैंक र युनाईटेड फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ती गरेसँगै सो दिनदेखि संस्थाको वित्तीय कारोबार सुरु हुने भएको हो ।
    असार २० गते बसको बैंक सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको हो । असार ५ गते दुबै कम्पनीको विशेष साधारणसभाले एक्विजिशनमा जाने निर्णय गरेको थियो । सोही बमोजिम नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । यससँगै कम्पनी रजिष्ट्रारले असार १८ गते कम्पनी गाभ्ने स्वीकृति दिएसँगै बैंकले एकीकृत कारोबार गर्ने मिति तय गरेको हो ।

    प्रतिकृया दिनुहोस्