News Portal

  • मेगा बैंकले अस्पतालको बिल बैंकले नै तिरिदिने सुविधा ल्यायो

    आर्थीकसंसार संवाददाता२० असार, २०७८
    ४८८ पटक
    २० असार, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।
    ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधा ल्याइएको बैंकले जानकारी दिएको छ ।
    बैंकको अनुसार यस सुविधामार्फत बैंकका क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले न्युनतम २० हजारदेखि साढे १ लाख रुपैंयासम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिनासम्मको लागि उपभोग गर्न पाउनेछन् । यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।
    बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमानै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको जानकारी दिएको छ ।
    बैंकका डिजिटल तथा इबैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
    यसका साथै बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधासमेत ल्याएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।
    यसअन्तर्गत अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्ड मार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकहरुले आफुले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सक्नेछन् ।
    बैंकको देशभरका शाखा कार्यालयहरुबाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्