News Portal

  • ज्योति विकास बैंकद्वारा ऋणपत्र निष्काशन

    आर्थीकसंसार संवाददाता२० असार, २०७८
    ७४२ पटक
    २० असार, २०७८

    काठमाडौं । ज्योति विकास बैंकले आफ्नो ऋणपत्र निष्काशन गरेको छ । बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको हो ।
    बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरेको हो । १.५ अर्बको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगत तथा विभिन्न संघसंस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।
    लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्