News Portal

  • बजेटलाई मदनमा जोडेर कार्यान्वयनमा लाने

    आर्थीकसंसार संवाददाता१९ असार, २०७८
    ११६६ पटक
    १९ असार, २०७८

    काठमाडौ । मदन भण्डारी बौदिक मञ्चद्वारा नेपाल रत्न मदन भण्डारीको ७०औँ जन्म जयन्तीको सन्दर्भमा आ.व. २०७८/७९ को संघीय बजेट र त्यसको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख अथिति उपप्रधान तथा अर्थ एवं गृहमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आथित्यमा जुम बैठकबाट हालै सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन र कार्यपत्र प्रस्तुतिको रुपमा दुई चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा मदन भण्डारी फाउण्डेसनका केन्द्रिय सचिब एवं संविधान सभा सदस्य माननीय पेम्बा लामाले बिशिष्ट अथितिको रुपमा बोल्दै नेपाल सरकारले ल्याएको बजेट लोकप्रीय रहेको, बजेटले लिन खोजेको बाटो र समृद्ध नेपाल सुखि नेपालीको राष्टिय आकाँक्षा पुरा गराउन महत्वपूर्ण भूमिकाका लागि मञ्चद्वारा आयोजित यस कार्यक्रमले जनता सुशुचित हुने र कार्यान्वयनका लागि उत्प्रेरित गर्दै सकरात्मक दृष्टिकोणकासाथ काम गर्ने वातावरण निमार्ण गर्ने विश्वास ब्यत्त गर्नुभएको थियो ।
    कार्यक्रकको दोस्रो सत्रमा डा. पे्रम दंगाल, डा. गोबिन्दप्रसाद नेपाल, डा. उषा झा र डा. प्रकास श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रले बजेटमा उल्लेखित प्रमुख क्षेत्रहरु कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यलगायत समग्र अर्थ क्षेत्रमा यसले पार्ने दिर्घकालीन प्रभावहरु एवं समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकाँक्षालाई मुर्त रुप दिन खेल्ने महत्वपूर्ण भूमिकाका बारेमा प्रकाश पारेको थियो । विषयगत क्षेत्र तोकिएर प्रस्तुत गरिएका कार्यपत्रले बजेटमा उल्लेखित विषयहरुमा के के उपलब्धिहरु हुन सक्छन् र भविष्यका यसले के कस्तो असर र प्रभाब पार्न सक्छ भन्ने बारेमा गहिरो विश्लेषण गरेको थियो । बजेट कार्यान्वयनलाई मुर्त रुप दिन सकियमा राष्ट्रिय विकासको मुल आधार निर्माण हुने अपेक्षा सम्पूर्ण कार्यपत्र प्रस्तोताहरुको थियो । कार्यक्रममा कार्यपत्र माथि टिप्पणी प्रा. उमेशप्रसाद उपाध्याय, पूर्व सचिब महेन्द्रबहादुर गुरुड., प्रा.डा. शिबप्रसाद अधिकारी र रामबहादुर केसीले गर्नुभएको थियो ।
    उत्त जुम अन्र्तक्रिया कार्यक्रममा बिभिन्न संघ, संघठनका प्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विषय विज्ञहरु, अध्यन अनुसन्धान र अन्वेषणमा आबद्ध विद्वानहरु, बौद्धिक ब्यत्तित्वहरु सहित १ सय ८३ भन्दा बढिको सहभागिता र उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तोताहरुलाई सहभागिहरुले विभिन्न जिज्ञासाकासाथ प्रश्न गर्नुभएको थियो भने प्रस्तोताहरुले उनीहरुको जिज्ञासा मेटाउनुभएको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत विद्वानहरुको विचारलाई पुस्तकमा समेटेर प्रकाशित गर्ने कुरा गरिएको थियो । कार्यक्रमको दुबै सत्रको अध्यक्षता र स्वागत मनतब्य मदन भण्डारी बौद्धिक मञ्चका अध्यक्ष कुलबहादुर आचार्यले गर्नुभएको थियो भने मञ्चका अपाध्यक्ष डा. बाबुराम अधिकारीले कार्यक्रमको मुख्य उद्देश्यमाथि प्रकास पार्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रको सञ्चालन डा. यमुना घलेले गर्नुभएको थियो भने पहिलो सत्रको सञ्चालन र समापन कार्यक्रमको सञ्चालन मञ्चका सचिब प्रभावशाली व्यत्तित्व पुण्यप्रसाद ढकालले गर्नुभएको थियो

    प्रतिकृया दिनुहोस्