News Portal

  • एनएमबि बैंकले दुई लाखसम्म कर्जा दिने

    आर्थीकसंसार संवाददाता१६ असार, २०७८
    ९५१ पटक
    १६ असार, २०७८

    काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ ।
    यस योजनाअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने जनाएको छ ।
    यो ‘नेपालमै पहिलो पटक’ २४ सै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सापटीको निरन्तरता रहेको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ ।
    एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो ।
    एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाखसम्म २४ अ‍ै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ ।
    ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्