News Portal

  • बीमाशुल्क आर्जनमा शिखरको अग्रता

    आर्थीकसंसार संवाददाता१४ असार, २०७८
    ५५४ पटक
    १४ असार, २०७८

    काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनीले गत ११ महिनामा साढे २३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १९ वटाले गत जेठ मसान्तसम्म २३ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
    समिक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य १९ वटा कम्पनीले २४ लाख ६४ हजार ९१३ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाउन सफल भएका छन् । जसमध्ये शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ ।
    यसअघि पनि अन्य निर्जीवन बीमालाई पछि पार्दै अघि बढिरहेको शिखर इन्स्योरेन्स यो पटक पनि अग्रस्थानमै रहन सफल भएको छ । समितिको अनुसार शिखरले समीक्षा अवधिमा सर्वाधिक अर्थात ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । बीमालेखसँगै बीमालेख जारी गर्नेको संख्याको आधारमा पनि कम्पनी अग्रस्थानमा नै रहेको छ । कम्पनीले हालसम्म कूल २ लाख ४१ हजार ६७६ वटा बीमालेख जारी गरेको समितिले जनाएको छ ।
    त्यस्तै, समितिको तथ्यांकअनुसार सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको दोश्रो र तेश्रोमा क्रमशः सगरमाथा र नेको इन्स्योरेन्स रहेका छन् । जसमध्ये सगरमाथाले २ अर्ब २६ करोड रुपैयाँ र नेकोले २ अर्ब २० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । तर जारी बीमालेख जारी गर्ने संख्याको आधारमा भने नेकोले सगरमाथालाई उछिनेको छ ।
    त्यस्तै, सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको चौथो स्थान तथा २ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गर्नेमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले एक लाख ९८ हजार ८१५ वटा बीमालेख जारी गरी २ अर्ब २ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
    कुनको कति ?
    सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेको सूचीमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले पछिल्लो ११ महिना अर्थात गत जेठ मसान्तसम्म ५६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ६२ हजार ४३८ वटा बीमालेख जारी गरी सोमात्राको प्रिमियम उठाएको हो । त्यसैगरी, सानिमा जनरलपछि कम बीमालेख संकलन गर्नेमा जनरल इन्स्योरेन्स दोश्रो, नेशलन इन्स्योरेन्स तेश्रो, एभरेष्ट इन्स्योरेन्स चौथो र यूनाईटेड इन्स्योरेन्स पाँचौं स्थानमा रहेका छन् ।
    साथै, बीमालेख जारीको गर्नेको आधारमा पनि शिखर नै पहिलो रहेको छ । त्यस्तै, दोश्रोमा नेको, सगरमाथा तेश्रो, एनएलजी चौथो र पाचौं स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेका समितिले जनाएको छ । उता राष्ट्रिय बीमा कम्पनीको भने हालसम्म विवरण प्राप्त नभएको बीमा समितिले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्