News Portal

  • सनराइज र ग्लोबल आईएमई बैंकलाई कोषले क्षतिपूर्ति भराउने

    आर्थीकसंसार संवाददाता१४ असार, २०७८
    ३३८ पटक
    १४ असार, २०७८

    काठमाडौं । सामाजिक सुरक्षा कोषले सनराईज र ग्लोबल आईमई बैंकलाई क्षतिपूर्ति भराएरै छाड्ने अडान राखेको छ । कोषले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सह–प्रवक्ता रोहित रेग्मीले ऐनमा भएको व्यवस्था बमोजिम नै क्षतिपूर्ति लागि निर्देशन गराएको बताउँदै उल्लेख गरेको रकम दाखिला गराउनका लागि कोष प्रतिवद्ध रहेको बताएका हुन् ।
    योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ अनुसार ऐनको दफा १७ को उपदफा १ को खण्ड ‘ग’ बमोजिम मृतकलाई कोषले तोकेको अवधिभित्र सूचीकरण नगराएको हुँदा यो रकम स्वयं रोजगारदाताले नै व्यहोर्नुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा सोही व्यवस्था कार्यान्वयन गर्नका लागि कोषले सम्बन्धित कम्पनीलाई नै क्षतिपूर्तिका लागि निर्देशन गराएको बताउँदै उनले रकम दाखितलाका लागि पत्रचार गरेको संस्थाले यथासीघ्र क्षतिपूर्ति दिनु पर्ने उनको भनाई छ ।
    ‘हामी कहाँ धेरै संस्थाको गुनासो र उजुरी परेको छ, अहिले चर्चामा आएको भनेको ग्लोबल आईएमई बैंक र सनराइज बैंकको हो, हामीले कानुनमा भएको व्यवस्था अनुसार नै पत्रारचार गरेका हौं, सम्बन्धित संस्थाले तिर्न नचाहेमा उनीहरु आफुले चाहेको गर्न सक्छन्, हाम्रो एउटै मान्यता भनेको पीडितले न्याय पाउने र कानुनमा भएको व्यवस्था पालना गर्ने र गराउने हो,’ उनले भने ।
    कोषले यसअघि ग्लोबल र सनराइज बैंकलाई पत्राचार गर्दै ३ महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिइसकेको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएका बैंकका कर्मचारीको मृत्यु भएपछि उनीहरुको परिवारले गरेको मागदाबी तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को व्यवस्था अनुसार कोषले ती दुई बैंकलाई यस्तो निर्देशन दिएको हो ।
    कोषका अनुसार सनराईज बैंकमा कार्यरत एक कर्मचारीको मृत्यु भएपछि सो कर्मचारीको आश्रित परिवारलाई ४३ लाख ३४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकलाई १ करोड ५१ लाख १९ हजार ५ सय ८६ रुपैयाँ क्षतिपूर्ति तिर्न भनिएको छ ।
    बैंकमा कार्यरत सनाज खतिवडाको मृत्युपछि उनको परिवारले मासिक लिँदै आएको ४२ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजना अन्तर्गतका पेन्सन रकम दाबीसहित मागदावी गरेका थिए ।
    मृतक खतिवडाको करिब १० महिनाअघि मृत्यु भएको थियो । परिवारको मागदाबीका आधारमा कोषले सनराइन बैंकलाई तीन महिनाभित्र ४३ लाख ३४ हजार रुपैयाँ बराबर रकम भुक्तानी गर्न निर्देशन दिएको थियो । मृतकको मासिक तलवको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रति परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाव निकालिएको कोषको भनाई छ ।
    यस्तै, ग्लोबल आइएमई बैंकमा कार्यरत अनन्तकुमार आचार्यको मृत्युपछि उनले मासिक लिँदै आएको ३७ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम बैंकले नदिएपछि सो रकम पाउनु पर्ने दावीसहित परिवारले केही दिन अघि कोषमा उजुरी दिएका थिए । दावी अनुसार जम्मा हुन आउने १ करोड ५१ लाख १९ हजार ५ सय ८६ रुपैयाँ ३ महिनाभित्र सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई कोषलाई जानकारी गराउन निर्देशन दिइएको थियो ।
    कोषका अनुसार मृतक आचार्यको आधारभूत तलब ३७ हजारको ६० प्रतिशतले एकमुष्ट हुन आउने १ करोड १८ लाख ६५ हजार १ सय ६० रुपैयाँ र आश्रित दुई बच्चालाई २१ वर्षको उमेरसम्म प्राप्त गर्ने जम्मा शैक्षिक बृत्ति रकम ३२ लाख २९ हजार ४ सय २६ र अन्तिम संस्कार खर्च वापत २५ हजार गरी जम्मा १ करोड ५१ लख १९ हजार ५ सय ८६ रूपैयाँ उपलब्ध गराउनु पर्नेछ ।
    बैंकहरुसँगै कोषले नवलपसारीमा रहेको गोर्खा ब्रुअरीलाई पनि रकम दाखिता गर्न पत्राचार गरिसकेको छ । सो संस्थामा कार्यरत मृतक कर्मचारी रामबहादुर सार्कीको परिवारजनलाई ३३ लाख ३१ हजार ३०६ रुपैयाँ ३ महिनाभित्र एकमुष्ठ रुपमा भुक्तानी गर्न कोषले पत्राचार गरेको हो ।
    नेपालीले लिँदै आएको २२ हजार ४२ रुपैयाँ आधारभूत पारिश्रमिकलाई आधार बनाएर कोषले उक्त रकम भुक्तानी गर्ने निर्देशन दिएको हो । नेपालीको गत भदौ २९ गते मृत्यु भएको थियो ।
    योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धि कार्यविधिको दफा १७ मा व्यवस्था भएबमोजिम मृतकको एकाघरका आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर पाउने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्