काठमाडौं । भदौ ३ गतेदेखि सार्वजनिक निष्काशनमा आएको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ दोस्रो दिनसम्म ५७ दशमलव ७० प्रतिशत विकेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार भदौ ४ गते साझ ५ बजेसम्म ५२ हजार ९८८ जना आवेदकहरुले २० लाख ५७ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएका हुन् ।
लिवर्टीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री खुला गर्न लागेको छ । यसअघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरी साउन २४ गते बाँडफाँट गरेको हो । स्थानीयलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्तासमेत जोडेर सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागिएको हो ।
छिटोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म विक्रीमा रहने यस कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्ता पुँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्ता पुँजीमा संस्थापक तर्फ ७५ प्रतिशत, सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।
लिवर्टी ईनर्जीको आईपीओका दोस्रो दिन ५८ प्रतिशत बिक्यो
आर्थिकसंसार संवाददाता४ भदौ, २०७७
४ भदौ, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा ६० लाख हस्तान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम