News Portal

  • जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमा मागभन्दा बढी आवेदन

    आर्थीकसंसार संवाददाता११ असार, २०७८
    ४१६ पटक
    ११ असार, २०७८

    काठमाडौं । आइपीओ खुलेको दिनमा नै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा मागभन्दा धेरै आवेदन परेको छ । सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ६ लाख ६ हजार ६४४ आवेदकले कुल ९४ लाख ७१ हजार २४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई माग गरेको भन्दा ५.१२ गुणा बढी हो ।
    संस्थाले आजबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
    उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।
    लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरु तथा मेरो शेयर एप र मेरो शेयर सफ्वेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्