News Portal

  • बैंक बाँच्ने र उद्योगी व्यवसायी पनि बचाउने नीति ल्याउँछुः गभर्नर अधिकारी

    आर्थीकसंसार संवाददाता११ असार, २०७८
    ६९४ पटक
    ११ असार, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुने बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
    कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले आगामाी आवको मौद्रिक नीति सन्तुलित ढंगले सबैलाई बचाउने प्रयासमा केन्द्रित हुने धारणा राखेका हुन् ।
    ‘अर्थतन्त्र सन्तुलित र चलायमान हुने नीति ल्याउनुपर्छ भन्ने विषयमा राष्ट्र बैंक जानकार छ, हामीले बैंकलाई पनि मर्का नपर्ने र उद्योगी र व्यवसायीलाई पनि समस्या नहुने किसिमले नीति ल्याउँछौं, तर पनि अहिले अवस्था कठीन छ,’ उनले भने । यस्तै कार्यक्रममा गभर्नर अधिकारीले कोरोना भाइरसको कारण अर्थतन्त्र अझै समस्यामा भएको उल्लेख गर्दै यस्तो अवस्थामा धेरै सोचेर नीति ल्याउनु पर्ने अवस्था भएको बताए ।
    ‘उद्योगी व्यवसायीहरु पनि पलायन हुने स्थिति नहोस्, बैंकहरुलाई पनि मर्का नहुने नीति ल्याउने हामी प्रयास गर्छौं, सबै बाँच्ने र बचाउने नीति ल्याउनेमा हामी प्रयासरत छौं, तर पनि अहिलेको समय ठूलो चुनौतिको छ, हामी अझै यो चुनौतिलाई चिर्ने नीति ल्याउँछौं,’ उनले भने ।

     

    प्रतिकृया दिनुहोस्