News Portal

  • विकास बैंकको पुँजी वृद्धि आवश्यक छः अध्यक्ष पोखरेल

    आर्थीकसंसार संवाददाता११ असार, २०७८
    ३१७ पटक
    ११ असार, २०७८

    काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले अब विकास बैंकहरुको पुँजी वृद्धि आवश्यक रहेको बताएका छन् ।
    शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले विकास बैंकको पुँजी वृद्धि आवश्यक रहेको बताएका हुन् । साथै, उनले अब राष्ट्र बैंकले विकास बैंकले हकप्रद सेयर जारी गर्न स्वीकृति दिनु पर्ने पनि बताएका छन् ।
    ‘विकास बैंक धेरै सक्षम भइसकेका छन्, विकास बैंकको संरक्षण गर्न आवश्यक छ, लोकल एलसीको प्रावधान विकास बैंकलाई पनि दिनुपर्ने, विकास बैंकहरु वाणिज्य बैंकहरुको अवस्थामा पुगिसकेका छन्,’ उनले भने । यस्तै, पोखरेलले आगामी मौद्रिक नीतिमार्फत अब विकास बैंकहरुले क्रेडिट कार्ड कार्ड जारी गर्ने पाउनुपर्ने व्यवस्था गर्नुपर्ने, सरकारी कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्नु पर्ने बताए ।
    कार्यक्रममा उनले सीआईटीलगायत संस्थाको निक्षेप विकास बैंकमा राख्न पर्ने व्यवस्था गर्नुपर्ने पनि माग राखे । ‘बैंक तथा वित्तीय संस्थाको शाखा देशभर विस्तार भएकोले बीमाको पहुँच बढाउने नीति आवश्यक छ, विकास बैंकलाई सेयर ब्रोकरको काम गर्न धितोपत्र बोर्डसँग समन्वयन गरेर नीति ल्याउन आवश्यक छ,’ पोखरेल जोड दिए ।

    प्रतिकृया दिनुहोस्