News Portal

  • कृषि विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि बोर्डको अनुमति

    आर्थीकसंसार संवाददाता११ असार, २०७८
    ३१२ पटक
    ११ असार, २०७८

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो ।
    बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्काशन गर्नका लागि असार १० गते अनुमति दिएको हो । बैंकले १२ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ९ वर्षसम्मका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्