News Portal

  • कामना सेवा बैंकको ऋणपत्र कारोबार गर्न पाइने

    आर्थीकसंसार संवाददाता१० असार, २०७८
    ३२२ पटक
    १० असार, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको ‘९% कामना सेवा बिकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र आजदेखि किनबेच गर्न पाइने भएको छ । असार ९ गते बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै आजदेखि कारोबार हुने भएको हो ।
    चुक्ता मुल्य एक हजार रुपैयाँ कायम भएको कुल १० लाख कित्ता थान ऋणपत्र सूचीकृत भएको हो । जुन गत २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला भएको थियो ।
    उक्त ऋणपत्र सूचीकरणसम्बन्धी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्