News Portal

  • नेपाल बैंकका सञ्चालक दाहालले लिए शपथ

    आर्थीकसंसार संवाददाता८ असार, २०७८
    ४४१ पटक
    ८ असार, २०७८

    काठमाडौं । नेपाल बैंकका नवनियुक्त सञ्चालक सुमन दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाहालले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट शपथ लिएका हुन् ।
    नवनियुक्त सञ्चालक दाहाल नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् । उनी अर्थमन्त्रालयका सहसचिव पनि हुन् ।
    शपथ ग्रहण कार्यक्रमपश्चात अध्यक्ष मधुकुमार मरासिनीले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको सर्वोपरी हितमा सञ्चालक सदस्य सुमन दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । त्यस्तै, नवनियुक्त सञ्चालक सदस्य सुमन दाहालले नेपाल बैंकको सञ्चालकको जिम्मेवारी निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कामु नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्