News Portal

  • एशियन लाइफको सहायक कम्पनी वेल्थ म्यानेजमेन्ट बन्यो

    आर्थीकसंसार संवाददाता७ असार, २०७८
    ३९७ पटक
    ७ असार, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच सेयर लगानी स्वामित्व खरिद गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् ।
    सोमबार आयोजित एक कार्यक्रममा एशियन लाइफले वेल्थ म्यानेजमेन्ट प्राप्ती गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् । यससँगै वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५१ प्रतिशत सेयर स्वामित्व कायम हुने छ । र, वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ बीमा क्षेत्रमा एशियन लाइफको पहिलो सहायक कम्पनी बन्न सफल भएको छ ।
    स्वामित्व परिवर्तनपछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ । हाल लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएको वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले भविष्यमा नियामक निकायबाट स्वीकृति लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस्