News Portal

  • नबिल बैंकको बैंकिङ्ग कारोबार आजबाट पुनः सुरु

    आर्थीकसंसार संवाददाता७ असार, २०७८
    ३३४ पटक
    ७ असार, २०७८

    काठमाडौं । पूर्ण रुपमा बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा सुरु भएको छ । गत शुक्रबार अर्थात असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा सुरु भएको हो ।
    बैंकले आफ्नो कोर बैंकिङ्ग सिष्टम (सीबीएस) स्तरोन्नती गर्नको लागि गत असार ४ गते दिउँसो ४ बजेदेखि आज (असार ७ गते) सोमबार बिहानसम्म सम्पूर्ण सेवा बन्द गरेको थियो । यो अवधिमा बैंकको सबै शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम, कार्ड (क्रेडिटरप्रिपेड कार्ड बाहेक), रेमिट्यान्सलगायतका सेवाहरु एवम सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्णरुपमा बन्द थियो । यससँगै आजदेखि सबै सेवाहरु यथावत रुपमा सुरु भएको बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्