News Portal

  • कामना सेवा बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    ४४४ पटक
    ६ असार, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नख्खु दोबाटोमा आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेको छ ।
    आइतबार बैंकका अध्यक्ष सुदिप आचार्य भिडियो माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका थिए । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा जानकारी गराउँदै थप नवीनतम प्रोडक्टहरु थप्दै लैजाने बताएका थिए ।
    यससंगै अब बैंकले १२५ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।
    बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, एसएमएस बैंकिङ्गजस्ता डिजिटल माध्यमबाट ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्