News Portal

  • नेपालमा ७०७ जना कोरोना संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
    ४१२ पटक
    ४ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ७ जनामा कोरोना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ ।
    हाल क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना रहेका छन् भने आजसम्म ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ भने आज थप ६ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्