News Portal

  • मेगा बैंकका ग्राहकले मोबाइलबाटै २ लाख रुपैयाँसम्मको कर्जा पाउने

    आर्थीकसंसार संवाददाता४ असार, २०७८
    ४३४ पटक
    ४ असार, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।
    यस सुविधामार्फत मेगा बैंक नेपालमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् ।
    बिना झन्झट, बिनाधितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए ।
    मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाईन मार्फत पुरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्