काठमाडौं । सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता भएको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् ३६० ट्रान्सपोर्ट सोलुसन्स्अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरी पीओएसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।
बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटलाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगदरहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केही हदसम्म भए पनि बस भाडाका लागि खुद्रा बोक्नु पर्ने झन्जट नरहने बैंकको विश्वास रहेको छ ।
सिद्धार्थ बैंक र ट्रान्सपोर्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता
आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
४ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने