News Portal

  • एनएमबि बैंक बचतमा वाणिज्य बैंकमध्येकै सर्वाधिक ब्याज दिँदै

    आर्थीकसंसार संवाददाता४ असार, २०७८
    ३३२ पटक
    ४ असार, २०७८

    काठमाडौं । वाणिज्य बैंकमध्ये एनएमबि बैंकले निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ । बैंकले हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी उक्त सुविधा दिएको हो ।
    बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज रहेको बैंकले जानकारी गराएको छ ।
    बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । ‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने ससाना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्