News Portal

  • समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला

    आर्थीकसंसार संवाददाता३ असार, २०७८
    ३९० पटक
    ३ असार, २०७८

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको हो ।
    उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आज असार ३ गतेदेखि असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।
    कम्पनीको सेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम १ सय कित्तासम्म आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्