News Portal

  • मेगा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता३ असार, २०७८
    ३२८ पटक
    ३ असार, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।
    कोभिड–१९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो ।
    सम्झौताअनुसार मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन् । डिजिटल बैंकिङअन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको जनाएको छ ।
    बैंकका ग्राहकले दराज डटकमको वेबसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्