News Portal

  • नबिल बैंकको बैकिङ सेवा तीन दिन बन्द हुने

    आर्थीकसंसार संवाददाता२ असार, २०७८
    ३२९ पटक
    २ असार, २०७८

    काठमाडौं । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । बैंकले कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा तीन दिन बन्द रहने एक सूचना जारी गर्दै जनाएको छ ।
    बैंकले असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म सेवा बन्द हुने बताएको छ । यस अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एटीएम कार्ड, (क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्सलगायतका सेवाहरु एवम सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने समेत बैंकले जानकारी गराएको छ ।
    उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक बैंकिङ सेवाका लागि कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न बैंकले भनेको छ ।

    प्रतिकृया दिनुहोस्