News Portal

  • कृषि विकास बैंकले ६० लाख अमेरिकी डलर बराबरको सहायक ऋण पाउने

    आर्थीकसंसार संवाददाता२ असार, २०७८
    ३८५ पटक
    २ असार, २०७८

    काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्झौता भएको छ । जसअन्तर्गत कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ ।
    बैंकले वन तथा वन पैदावरसम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा उक्त रकम पाउने भएको हो । उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदी र बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
    गत २०७७ चैत ६ गते नेपाल र अन्तर्राष्ट्रिय विकास संस्था (विश्व बैंक) बीच रणनैतिक जलवायु कोषअन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कूल एक करोड ७९ लाख अमेरिकी डलर ऋण दिने सम्झौता भएको थियो । जसको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न ६० लाख अमेरिकी डलर बराबर नेपाल मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराएको हो । यस कार्यक्रमको पहिलो चरणमा कृषि विकास बैंकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको रेड कार्यान्वयन केन्द्रसँग समन्वय गर्ने छ । त्यसपछि बैंकले प्रदेश नं.२ र लुम्बिनी प्रदेशको वन तथा वनजन्य उद्योग व्यवसायीलाई कर्जा उपलब्ध गराउने छ ।

    प्रतिकृया दिनुहोस्