News Portal

  • सिर्जना फाइनान्सको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७७
    ४७७ पटक
    ४ भदौ, २०७७

    काठमाडौं । सिर्जना फाइनान्सले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा फाइनान्सको नाफा १७ दशमलव ३० प्रतिशतले घटेर १२ करोड ५१ लाख ९६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यसले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यसअवधिमा सञ्चालन नाफा १८ दशमलव ८८ प्रतिशतले घटेर १७ करोड ८८ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले २२ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । यता, खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३ दशमलव ६८ प्रतिशतले बढेर ३० करोड ९५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    कम्पनीको हालको चुक्ता पुँजी ८४ करोड ७८ लाख रुपैयाँ भने जगेडा कोषमा १८ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ०४ पैसा छ ।

    प्रतिकृया दिनुहोस्