News Portal

  • बैंक तथा वित्तीय संस्था आवश्यकताअनुसार सञ्चालन गर्न पाइने

    आर्थीकसंसार संवाददाता१ असार, २०७८
    ७११ पटक
    १ असार, २०७८

    काठमाडौं । मंगलबारदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसारको शाखा कार्यालय खोलेर सेवा प्रवाह गर्न पाउने भएका छन् ।
    यसअघि बैंक तथा वित्तीय संस्था सञ्चालनमा लगाइएको कोटा प्रणाली हटेसँगै सम्बन्धित बैंकले आवश्यकताअनुसार शाखा सञ्चलन गर्न पाउने भएका हुन् ।
    काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाइएको हो ।
    राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्र्दै पुरानो व्यवस्थालाई फुकुवा बनाइएको जनाएको हो ।
    यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा सञ्चालन हुँदै आएको थियो ।
    कोटा प्रणाली हटाउँदै न्यून कर्मचारी राख्दै न्यून शाखा कार्यालय सञ्चालन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
    उपत्यकाका तीन जिल्लामा सञ्चालित सहकारी संस्था तथा रेमिट सेवा भने सातामा दुई दिन मात्र सञ्चालन गर्न पाइनेछ ।
    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकोे संयुक्त बैठकले आइतबार र बिहीबार दुई दिन मात्र सहकारी तथा रेमिट सेवा सञ्चालन गर्न अनुमति दिएको हो । यसअघि बैंक तथा वित्तीय सस्थाले सिमित शाखाबाट सेवा प्रवाह गरेतापनि सहकारी बन्द गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्