News Portal

  • युनियन र सानिमाले एकैपटक अघि बढाए आईपीओ जारी गर्ने प्रक्रिया

    आर्थीकसंसार संवाददाता१ असार, २०७८
    ६२० पटक
    १ असार, २०७८

    काठमाडौं । हाल सञ्चालनमा दुई जीवन बीमा कम्पनीले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक नेपाल धितोपत्र बोर्डको अनुमति माग्दै आईपाओ जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
    आईपीओ जारी गर्न स्वीकृतिको लागि यी दुबै गत जेठ ९ गते धितोपत्र बोर्ड पुगेका थिए । जसमध्ये सबैभन्दा बढी युनियन लाइफ इन्स्योरेन्सले जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरको ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।
    त्यस्तै, सानिमा लाइफले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । यी दुबै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले स्वीकृति पाएसँगै यी दुबै इन्स्योरेन्सले प्रभु क्यापिटलमार्फत सो मात्राको आईपीओ जारी गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्