News Portal

  • आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७८
    ७६४ पटक
    ३१ जेठ, २०७८

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो ।
    सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५÷०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।
    यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य गरेको छ भने विशेष प्रस्तावतर्फ कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्नेलगायतका अन्य कार्य पनि गरेको छ ।
    सभामा बोल्दै सभाका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पुर्याउन कटिबद्ध रहेको बताए ।
    सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्समार्फत उपस्थिति जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्