News Portal

  • राष्ट्र बैंकले २० प्रतिशत कर्मचारी बोलाएर बैंक खोल्ने व्यवस्था हटायो

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७८
    ५४२ पटक
    ३१ जेठ, २०७८

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसारको शाखा कार्यालय खोलेर सेवा प्रवाह गर्न पाउने भएका छन् ।
    नेपाल राष्ट्र बैंकले गत बैशाख १९ गते र जेठ १० गते जारी गरेको कोटा प्रणाली खारेज गरेसँगै सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार शाखा सञ्चालन गर्न पाउने भएका हुन् ।
    काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाइएको हो । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्र्दै पुरानो व्यवस्थालाई फुकुवा बनाइएको जनाएको हो । यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो ।
    कोटा प्रणाली हटाउँदै न्यून कर्मचारी राख्दै न्यून शाखा कार्यालय सञ्चालन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै निषेधाज्ञा जारी भएका स्थानमा रहेका केन्द्रीय कार्यालयमा एक तिहाई कर्मचारी, शाखा कार्यालयमा सम्भव भएसम्म कम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखाबाट सेवा प्रवाह गर्ने निर्देशन दिएको हो ।

    प्रतिकृया दिनुहोस्