News Portal

  • बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाइन

    आर्थीकसंसार संवाददाता३० जेठ, २०७८
    ९७० पटक
    ३० जेठ, २०७८

    काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको बताए ।
    उनका अनुसार अब बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाउने भएका छन् भने सहकारी तथा रेमिट कम्पनीहरूले साताको दुई दिन खोल्न पाइने भएको छ । यस्तै उनले खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको बताए । यस्तै बैंक तथा बीमा कम्पनीहरु भने साविकै व्यवस्थाअनुसार सञ्चालन गर्नुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरु सीमित कर्मचारी र सीमित शाखामा खोल्न पाउने व्यवस्था गरेको छ ।
    हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ । उनका अनुसार इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।

    प्रतिकृया दिनुहोस्