News Portal

  • हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०७८
    ९८७ पटक
    २९ जेठ, २०७८

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापा गाउँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
    साधारणसभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश शेयर र कर प्रयोजनसहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।
    त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६÷०७७ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र सम्बन्धि अनुसूचीहरु पारित भएको छ ।
    नियमावलीको साविक व्यवस्थामा गणपुरक संख्या नियम १५ ङ संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ । कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिलान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्ती तथा प्राप्ती गर्न वा एक आपसमा गाभिनेसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने सम्पूर्ण आवश्यक प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिनेलगायतका कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्