News Portal

  • एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई ५ लाख सहयोग

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०७८
    ५१४ पटक
    २९ जेठ, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
    बैंकले शुक्रबार कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको सेन्टरलाई सहयोग रकम उपलब्ध गराएको हो ।
    आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोगस्वरुप उपलब्ध गराएको बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले जानकारी दिए । उनले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्