
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आगामी असार ६ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७’ को निष्काशन गर्न लागेको हो ।
१० वर्षे अवधिको उक्त ऋणपत्रमा असार ६ गतेदेखि छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रति इकाई एक हजार रूपैयाँ दरमा किन्न पाइनेछ ।
कुल निष्काशन हुने ७ लाख ५० हजार इकाई (युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्काशनको माध्मयबाट बिक्री गरिनेछ ।
सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।
बैंकको ऋणपत्रका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूतसम्बन्धी सम्झौता समेत भइसकेको छ ।