News Portal

  • सिभिलको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

    आर्थीकसंसार संवाददाता२८ जेठ, २०७८
    ७०७ पटक
    २८ जेठ, २०७८

    काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन । बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
    बैशाख १८ गते बैंकको सीइओ गोविन्द गुरूङले राजिनामा दिएपछि डेपुटी सीइओमा रहेका पोखरेल सीइओमा नियुक्त भएका हुन् । उनले २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीइओमा नियुक्ती पाएका थिए ।
    कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षसम्मका लागि उनलाई नियुक्त गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्