News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा चार दिनमै मागभन्दा बढी आवेदन

    आर्थीकसंसार संवाददाता२८ जेठ, २०७८
    ६९१ पटक
    २८ जेठ, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले हालै जारी गरेकोे ऋणपत्रको निष्काशन तथा बिक्री बन्द भएको छ । बैंकले ‘८.५०% आरबिबिएल डिबेन्चर २०८३’ निष्काशन गरिएको उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेसँगै जेठ २८ गतेदेखि बन्द भएको हो ।
    बैंकले गत जेठ २५ गतेदेखि एक हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो । जसमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको बैंकले जानकारी गराएको छ ।
    बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
    ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबिएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसी सहमतिमा बिक्री वितरण गरेको हो । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिएको हो ।

    प्रतिकृया दिनुहोस्