काठमाडौं । बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने भएका छन् । बीमा समितिले आज एक संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था गरेको हो ।
बीमाको दायरा व्यापक बनाउनको लागि संस्थागत अभिकर्ताले पनि काम गर्न पाउने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिले कार्यान्वयनमा रहेको बीमा ऐनमा संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था भएकोले समितिले त्यसैलाई कार्यान्वयनमा ल्याउन लागेको हो ।
‘संस्थागत अभिकर्ता राख्न पाउने व्यवस्था ऐनमा नै छ, यसलाई व्यवस्थित गर्न निर्देशिका जारी गरिएको हो, अब सो एनेको अधिनमा रहेर बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता राख्न पाउँछन,’ कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले मुख्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको आफूले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी प्रमाणपत्र लिएको हुनुपर्ने भनिएको छ । यस्तै, अभिकर्ताको संचालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एसइइ वा सो सरहको परीक्षा उतिर्न गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
विद्युतीय प्रणाली मार्फत कारोबार गर्न सक्ने
संस्थागत अभिकर्ताले बिमितसँग बीमा शुल्क संकलन गरी बिमकलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फाराम भर्न सहयोग गर्ने, बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने र पुनः बीमा गर्नुपरेमा सहयोग गर्ने, बिमकको तर्फबाट बिमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउने लगायतका काम गर्न पाउने अधिकार दिइएको छ । विद्युतीय प्रणाली मार्फत कारोबार गर्नको लागि सम्बन्धित निकायबाट इजाजत लिएको हुनुपर्नेछ ।
समितिले जारी गरेको नयाँ निर्देशिका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, विभिन्न प्रकारका क्लब तथा समुहहरु लगायतले पनि संस्थागत बीमा अभिकर्ता भएर काम गर्न पाउने छन् ।
बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने
आर्थीकसंसार संवाददाता२६ जेठ, २०७८
२६ जेठ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने