News Portal

  • खेलकुद परिषद्का सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन

    आर्थिकसंसार संवाददाता४ भदौ, २०७७
    ७९० पटक
    ४ भदौ, २०७७

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा पाँच सदस्य छानबिन उपसमिति गठन गरेको छ । राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले संयोजकको जिम्मेवारी दिएको पत्र भट्टराईलाई हस्तान्तरण गरे ।
    उपसमितिको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जनबहादुर बिक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानुन शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासङ फिजिङ शेर्पा रहेका छन् ।
    उपसतितिले १३औं साग सन्दर्भमा ब्याडमिन्टन खेलका खेलाडीहरुले जुत्ता नपाएको, खेल पोशाक र खेल सामाग्री गुणस्तर नभएको भनी राखेपका सदस्य सुभाष श्रेष्ठले एक टेलिभिजनमा दिएको अन्तर्वार्तालाई उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयको गत साउन २९ को पत्र बमोजिम के–कसो भएको हो ? सो विषयमा छानबिन गर्न निर्देशिन भएकोमा सम्पूर्ण अधिकारसहित सत्य तथ्य पत्ता लगाई २१ दिनभित्र छानबिन गरी रिपोर्ट बुझाउन पत्रमा उल्लेख छ ।
    सोही उपसमितिले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा रुख कटान गरिएको सम्बन्धमा पनि छानबिन गरी रिपोर्ट बुझाउने जिम्मेवारी पाएको छ ।

    प्रतिकृया दिनुहोस्