News Portal

  • हिमाल दोलखा हाइड्रोपावरको नाफा घट्यो

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७८
    ८८० पटक
    २५ जेठ, २०७८

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणका अनुसार कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।
    गत वर्ष कम्पनीले १ करोड १ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ८८ दशमलव ८४ प्रतिशतले घटेको हो । यता, कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने ९ करोड ७९ लाख रुपैयाँबाट बढेर ११ करोड ८३ लाख रुपैयाँमा भएको छ ।
    कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ७ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ६३ पैसा र प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ६३ पैसा रहेको थियो ।

    प्रतिकृया दिनुहोस्