News Portal

  • शिखरको स्वास्थ्य बीमामा बढ्दो आकर्षण

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७८
    ७३३ पटक
    २५ जेठ, २०७८

    काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड–१९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन् ।
    शिखरको यो स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड–१९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यहोरिदिने भएकाले अहिलेको महामारीमा सर्वसाधरणलाई राहात मिलेको छ ।
    शिखरमा स्वास्थ्य बीमा गर्दा कोभिडको जोखिम पनि कभरेज हुने यो स्किम बीमा उद्योगकै पृथक स्किम पनि हो । यो स्किम खरीद गर्ने बीमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबीभुक्तानी समेत पाइसकेको कम्पनीले जनाएको छ ।
    सरकारले ल्याएको कोभिड बीमाको स्किम असारबाट सकिने घोषणा भइसकेको अवस्थामा त्योभन्दा उत्तम स्किमको खोजी गर्नेहरुका लागि शिखरको स्वास्थ्य बीमा राम्रो विकल्प बन्नसक्छ । शिखरको स्वास्थ्य बीमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ ।
    निर्जीवन बीमा कम्पनीमै सबैभन्दा पहिला नेपालमा स्वास्थ्य बीमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको छ । जटिल रोग लागे पनि सामान्य रकम प्रिमियम तिर्दा नै महंगो उपचार पाउन संभव हुने यो स्किम शिखरले ९ वर्ष अघिदेखि सुरुवात गरेको थियो ।
    वि.सं. २०६८ मा बीमा समितिबाट अनुमति पाएर शुरु भएको शिखरको स्वास्थ्य बीमा उद्योगकै सर्वाधिक तथा धेरै रोगलाई समेटिएको पहिलो स्वास्थ्य बीमा योजना पनि हो । यो स्किमअन्तर्गत जटिल रोग लागेर महङ्गो उपचार गराउन गाह्रो हुने तथा उपचार गर्न पैसा नभएर समस्यामा पर्ने अवस्थालाई समाधान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनीेले पारिवारिक, व्यक्तिगत र सामूहिक बीमासँग सम्बन्धित पोलिसी डिजाइन गरेको छ ।
    यो स्किममा व्यक्तिगत बीमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ, भने ५० हजारदेखि २० लाखसम्म पारिवारिक बीमा र सामूहिक तथा संस्थागत बीमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । यस्तै संस्थागत सामूहिक बीमा गर्न कम्तीमा ५० जना कर्मचारी भएको संस्था तथा समूहलाई मान्यता दिइने गरिएको छ । तीनमहिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बीमामा आबद्धता जनाउन सक्नेछन् ।
    नेपालमा स्वास्थ्य बीमा गर्ने प्रचलन त्यति धेरै प्रयोगमा नआएको अवस्थामा नै शिखर इन्स्योरेन्सले भने स्वास्थ्य बीमाको निकै आकर्षक स्किम ल्याएको थियो । शिखरले स्वास्थ्य बीमाको नेपालमा जागरण पैदा गरेको र यो क्रमशः देशबासीमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।
    बि.सं. २०६८ भदौ २६ गते पहिलो बीमालेख बिक्री गरेको शिखरले पहिलो वर्ष ३२ वटा बीमा पोलिसि बिक्री गरेबापत ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । स्किमप्रति बढ्दो आकर्षणकै कारण चालु आर्थिक बर्षको ९ महिनासम्ममा १ हजार बढी पोलिसि बिक्री गरी ५ करोड बढी प्रिमियम संकलन भएको कम्पनीले जनाएको छ ।
    हाल शिखर इन्स्योरेन्सले १०३ शाखाहरु र घुम्ती बीमा कार्यक्रममार्फत पनि बीमा पोलिसीको सेवा सर्वसाधारणको घरदैलोमै पुगेर प्रवाह गरिरहेको छ । कोभिड संक्रमण फैलिइरहेको अवस्थामा भौतिक रुपमा उपस्थित हुन नसकिने वा नचाहनेले डिजीटल माध्यमबाट पनि शिखरका बीमा पोलिसीहरु खरीद गर्न सकिने च्याटवटको सुविधा उपलब्ध छ ।

    प्रतिकृया दिनुहोस्