News Portal

  • मेगा बैंकद्वारा एसबी सल्युसनसँग सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७८
    ३३७ पटक
    २५ जेठ, २०७८

    काठमाडौं । मेगा बैंकले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।
    मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकहरूले पूर्णरूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । यस प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
    ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको कम्पनीले जनाएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।
    यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्याउँछ ।
    मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त संस्था हो । बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘ख’ वर्गको गण्डकी विकास बैंकलाई आफ्नो संस्थामा गाभेको छ । मेगा बैंकको लगभग ८ लाख भन्दा बढी ग्राहक र देशभरि १८० भन्दा बढी शाखाहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्